जनताको घरदैलोमा डा. राजन भट्टराईलाई मत माग्दै पुण्य गौतम



काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १ को घरदैलो कार्यक्रममा सहभागी भई अभियन्ता पुण्य गौतमले नेकपा एमालेबाट काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार डा. राजन भट्टराई र ४ (१)प्रदेश सभाका उम्मेद्वार तेजप्रसाद ढकालका लागि जनताको घरदैलोमा गई मत मागेका छन् ।

नेकपा एमालेको चुनावी प्रचारप्रसारमा सहभागी भएका गौतमले तीन हजार ८ सय ४६  मतदाता रहेको काठमाडौं १ का विभिन्न स्थानमा उम्मेद्वार सहित पुगेर डा. भट्टराई र ढकालको पक्षमा मत मागेका हुन् । उनले काठमाडौं ४ को विकासमा  डा. राजन भट्टराईले निभाएको महत्वपूर्ण भूमिकाको योगदानको कदर गर्दै आगामी मंसिर ४ गते सूर्य चिन्हमा मतदान गर्न स्थानीयहरुलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्