चुनावी केन्द्रमा काठमाडौं क्षेत्र नं. ४ र विकासको वहस



काठमाडौं । मुलुक प्रतिनिधिसभा/प्रदेशसभाको निर्वाचनको संघारमा उभिएको छ । अहिले पुरै देश निर्वाचनमय बनेको छ । यो नेपालको संविधान, २०७२ को घोषणापछिको दोस्रो संसदीय निर्वाचन हो । वि.सं. २०७४ सालको संघीय/प्रदेशसभाको निर्वाचनभन्दा विल्कुल पृथक राजनीतिक घटनाक्रमहरुका बीच अहिले दलहरु निर्वाचनमा होमिएका छन् । खासगरी यो निर्वाचन सर्वोच्च अदालतको आदेशबाट गठन भएको सत्ता गठबन्धनमा सहकार्य गरेका पाँच राजनीतिक दलहरु र प्रत्यक्ष अप्रत्यक्ष–सत्ता स्वार्थ एवं दवाव–प्रभावका कारण सरकारबाट चौतर्फी घेरबन्दीबीच घोक्र्याईएको नेकपा (एमाले)का बीचको घोषित संघर्ष हो । सर्वसाधरण नागरिक र बौद्धिक जनताको नजरमा यो निर्वाचन देशभक्त, राष्ट्रवादी, विकासको पक्षधर नेकपा (एमाले) र दलाल, प्रभुका दास र विकास विरोधी धारको नेतृत्व गरिरहेको सिद्धान्तहीन सत्तागठबन्धन बीचको ऐतिहासिक भिडन्तको रुपमा चित्रण गरिनु उपयुक्त हुन्छ ।

यो निर्वाचनलाई विभिन्न कोणबाट विश्लेषण गर्दा विगतको निर्वाचनहरुभन्दा बढि महत्वपूर्ण र गम्भीर बन्न गएको छ ।  विदेशी शक्ति केन्द्र र तिनका गुलामहरुको दृश्यात्मक अदृश्यात्मक राष्ट्र एवं जनविरोधी कार्यले मुलुक ईतिहासकै संगीन घडिमा उभिएको छ । राजनीतिक आवरणमा विदेशी शक्ति केन्द्रहरुको गोटीका रुपमा परिचालित भैरहेको पाँच दलीय सत्तागठबन्धन देश र जनताको निम्ति भयंकर खतरा बनिरहेको छ । त्यसका विपरित देशी विदेशी प्रतिक्रियावादीहरुको चौतर्फी घेराबन्दी र निशानामा परिरहेको जनताको शक्ति एमाले देश, लोकतन्त्र, जन अधिकार र विकासको आकांक्षा बोकेर तमाम् चूनौतीहरुसँग मुकाबिला गरिरहेको छ । यो निर्वाचनमा जनताको तागत, भरोसा र देश बनाउने अठोट बोकेर नेकपा (एमाले) निर्वाचनमा भाग लिईरहेको छ । उसले विगतमा सरकारमा रहँदा चलाएको समृद्धिको लहर, रोजगारीको सिर्जना, राष्ट्रिय अर्थतन्त्रको सबलीकरण, सुशासनप्रतिकोे प्रतिबद्धता, सीमाको रक्षा, परिपक्क अन्र्तराष्ट्रिय सम्बन्धको विकास र दु्रत जनमूखी सेवाप्रवाहको कामहरुबाट अतालिएर वर्तमान् सत्तागठबन्धन एमालेका विरुद्धमा अनर्गल प्रचार गरिरहेको छ । ताकी आफ्ना नालायकीहरुको ढाकछोप गर्नका निम्ति जनताको ध्यान अन्यत्रै मोड्न सकियोस् ।

वर्तमान् पाँच दलीय गठबन्धनले सत्ता र शक्तिको आडमा नेकपा एमालेका विरुद्धमा अनेकौं अफवाह फैलाउने र सम्भव भएसम्म जनतालाई भड्काउने तहको घृणित राजनीतिक कर्म गरिरहेको बारेमा दुनियाँ जानकार छ । देशको सबैभन्दा ठूलो राजनीतिक शक्तिको रुपमा रहेको एमाले देशी विदेशी प्रतिक्रियावादीहरु र दक्षिणपन्थी अवसरवादीहरुले जनतालाई छरिरहेका अनेकौं भ्रमलाई चिर्दै देश र जनताको हितलाई शीरमा राखेर जनताकै शक्तिको भरमा संघर्षरत् छ । नेकपा (एमाले)सँग आपसमा एक्ला एक्लै भिड्ने हिम्मत नभएपछि स्थानीय निर्वाचनमा जस्तै अहिले पनि वाम लोकतान्त्रिक शक्तिको लेप लगाएर अवसरवादी सत्तागठबन्धन देश र जनताको पार्टीको भ्रम छर्दै एमालेका विरुद्धमा लड्ने दुस्साहस गरिरहेको छ ।

देशमा चरम् विवादित विषय बनेका एमसिसी, नागरिकता विधेयक र बजेट भाषणमा विदेशीको कम्फरटेवल सरकारद्धारा गरिएको अपराधको जति नै निन्दा गरे पनि अपुग हुन्छ । यस्तो राष्ट्रविरोधी र विदेशीको ईशारामा नाचिरहेको सत्ता गठबन्धनमा आवद्ध दल र तिनका उम्मेदवारहरलाई यो निर्वाचनमा यदि भुलवस विजयी गराईयो भने देश र जनताले अकल्पनिय मूल्य चुकाउनु पर्नेछ । अन्ततः राष्ट्रले भयंकर क्षति व्यहोर्नु पर्नेमा कुनै शंका छैन । जसरी निर्वाचनमा देश, जनता र विकासको पक्षधर राजनीतिक शक्तिले जित्न आवश्यक हुन्छ, त्यसरी नै देश र जनताप्रति वफादार, विकासवादी र नैतिकवान् व्यक्ति विजयी हुनु वा नहुनुले राष्ट्रिय राजनीतिक जीवनमा ठूलो फरक पार्ने छ ।

अहिलेको निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं.४ को चुनावी प्रतिष्पर्धा देशव्यापी चर्चाको विषय मात्रै बनिरहेको छैन की सर्वाधिक महत्वको विषयका रुपमा हेरिएको छ । जहाँ राष्ट्रिय राजनीति वृत्तमा चिनिएका दुई पुराना प्रतिष्पर्धी र चर्चित युवा अनुहारहरु एकसाथ चुनावी संघर्षमा होमिएका छन् ।

यो पनि पढ्नुहोस्

डा. राजन भट्टराई : विकास, कुटनीति र देशभक्तिका त्रिवेणी

विद्रोही, विवादित र महत्वाकांक्षाको पर्याय गगन थापा

प्रतिक्रिया दिनुहोस्