एमालेले मात्रै राष्ट्रको सुरक्षा गर्न सक्छ : अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले मिचिएको भूमि फिर्ता लिन्छु भन्दा प्रधानमन्त्री शेरबहादुर देउवालाई टाउको दुखेको टिप्पणी गरेका छन् ।

दैलेखको चुनावी सभालाई सम्बोधन गर्दै उनले मैले दार्चुला गएर भूमि फिर्ता ल्याउँछु भनेको थिए । उहाँलाई टाउको दुखेछ । दार्चुला पुगेर कराउनुभयो । मागेर हुन्छ । बोलेर हुन्छ भनेर । बन्दुक लिएर जाउ । प्रचण्डको डेढ बर्ष संगत गरेका थिए बन्दुकको भाषा बोल्न थाले ।’

एमाले एमालेले मात्रै राष्ट्रको सुरक्षा गर्नसक्ने बताए । उनले आफूले वार्ताबाट आफ्नोे भूमि फिर्ता ल्याउने दाबी गरे । उनले देउवा र प्रचण्डलाई बाध्यतामा परेपछि मात्रै चुच्चे नक्साको पक्षमा उभिएको बताए ।

प्रतिक्रिया दिनुहोस्