एमालेले दियो सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीविरुद्ध उजुरी



सुनसरी । सूचना, सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध उजुरी परेको छ । सुनसरीको निर्वाचन क्षेत्र ४ का नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उमेदवारसमेत रहेका कार्कीले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको भन्दै नेकपा (एमाले) निर्वाचन परिचालन कमिटीले उजुरी दिएको हो ।

एमालेको निर्वाचन परिचालन कमिटी क्षेत्र ४ का संयोजक सरोजकुमार पोख्रेलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कार्कीविरुद्ध उजुरी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्