तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६ सय रुपैयाँले बढेको हो ।

गत कारोबार दिन शुक्रबार प्रतितोला ९६ हजार ७०० मा कारोबार भएको सुन आज ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन तोलामा ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदी पनि ५ रुपैयाँले बढेको छ । शुक्रबार तोलामा १ हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्