एमाले अध्यक्ष ओली आज कर्णाली जाँदै



सुर्खेत । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार कर्णाली आउने भएका छन् ।

आसन्न मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी एमालले कर्णालीका तीन जिल्लामा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली सुर्खेत आउन लागेका हुन् ।

अध्यक्ष ओलीले कालिकोट, दैलेख र सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको एमाले सुर्खेतका सचिवालय सदस्य एवम् प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले जानकारी दिए ।

तिमिल्सेनाका अनुसार जनसभाको सम्पूर्ण तयारी पूरा भएको छ । मंगलगढीचोकबाट बिहान ११ बजे र्‍याली निकालिने एमाले सुर्खेतले जनाएको छ । जनसभामा चर्चित लोक गायक बद्री पंगेनीसहितका कलाकारको सांस्कृतिक प्रस्तुतिसमेत रहने छ ।

प्रतिक्रिया दिनुहोस्