बूढानीलकण्ठ–१३ को शुवर्ण शमशेर क्रिकेट मैदान अब डा. राजनले बनाउने



काठमाडौं । नेपाली काँग्रेसका तत्कालिन सभापति तथा प्रधानमन्त्री सुशील कोईरालाले ७ वर्ष अघि उद्घाटन गरी अधुरो रहेको योजना अब नेकपा एमाले स्थायी कमिटी सदस्य तथा काठमाण्डौ-४ का उम्मेद्वार डा. राजन भट्टराईले पुरा गर्ने जिम्मा लिएका छन् ।

यस क्षेत्रबाट १५ वर्षसम्म लगातार जितेको नेपाली काँग्रेसका नेता गगन थापाले निर्वाचन ताका पटक-पटक आश्वासन दिने तर काम नगर्ने भएपछि नेकपा एमालेका जनप्रतिनिधि र नेताहरुले चुनिखेलको प्रतिष्ठासँग जोडिएको खेलमैदान निर्माणको जिम्मा एमालेले लिनुपर्ने अडान राखेको थियो।

स्थानीय पार्टी कार्यकर्ताकै आग्रहमा स्थानीय निर्वाचनमा एमालेले जारी गरेको घोषणापत्रमा खेल मैदान निर्माणको गर्ने प्रतिवद्धता जारी गरेको स्थानीय सरकारले यो वर्ष नगरको वार्षिक बजेटबाट रु. १ करोड समेत विनियोजन गरेको छ।

पुरानो डीपीआर अनुसार आँकलन गरिएको बजेट अनुसार क्रिकेट मैदानको सबै संरचना निर्माण नहुने भएको छ। थपसंरचना सहित अब बन्ने क्रिकेट मैदान निर्माणको लागि करिब २० करोड लाग्ने देखिएकोले उक्त बजेटको लागि प्रदेश वा संघकै बजेट आवश्यक पर्ने हुँदा डा. राजन भट्टराईले गरेका प्रतिवद्धतापत्रमा समेत बूढानीलकण्ठ–१३ को शुवर्ण शमशेर क्रिकेट मैदान गर्ने एमालेको घोषणापत्रमा उल्लेख गरिएको छ।

अघिल्ला पटकहरुमा स्थानीय एमालेका नेताहरु काँग्रेसले निर्माण गर्ने आशामा थिए तर दुई दुई पटक निर्वाचित गगन थापाले १० वर्षसम्म छारो टार्ने बजेट व्यवस्थापन गरेर काम पुरा नभएपछि सुवर्ण शम्सेर क्रिकेट मैदान बनाउने ग्यारेन्टी एमालेको प्रतिवद्धतापत्र मै उल्लेख गरिएको छ।

नेकपा एमाले नगर कमिटीका सचिव श्रीकृष्ण श्रेष्ठले भने,”आफ्नो क्षेत्रको समग्र विकास निर्माणको लागि ८ अर्व ३० करोड भन्दा बढी बजेटको व्यवस्थापन गर्ने क्षमताको डा. राजन भट्टराई जस्तो विकासवादी नेता भएकोले क्रिकेट मैदान अब बन्छ भन्ने चुनिखेलवासी ढुक्क भएका छन्।”

यो पनि पढ्नुहोस्

बेहाल बनेको आफ्नै नामको क्रिकेट मैदान देखेर स्वर्गबाट गगन थापालाई सराप्दै होलान् सुवर्ण शमशेर

गगन थापालाई गिज्याईरहेको निर्माणाधीन शुवर्ण शमशेर स्मृति खेल मैदान

प्रतिक्रिया दिनुहोस्