केपी ओली सुदूरपश्चिम जाँदै, दिपायल, अत्तरियामा र लम्कीको सभालाई सम्बोधन गर्ने



काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न शनिबार सुदूरपश्चिम प्रदेश जाँदै छन्। ओलीले शनिबार तीन स्थानको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

१८ कात्तिकमा दार्चुलाबाट चुनावी सभाको सुरुआत गरेका ओली फेरि सुदूरपश्चिम जान लागेका हुन्।

ओलीले बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

ओलीले १८ कात्तिकमा दार्चुला, बैतडी र महेन्द्रनगरका तीन वटा सभालाई सम्बोधन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्