
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेललाई राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तानमा नियुक्त गरेको छ । क्यानले सन्दीप लामिछाने निलम्बनमा परेपछि रिक्त रहेको पदमा शुक्रबार साँझ रोहितलाई नियुक्ती दिएको हो ।
कात्तिक २८ देखि घरेलु मैदान युएईविरुद्ध तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला को पूर्वसन्ध्यामा क्यानले कप्तान नियुक्त गरेको हो ।
नेपालको यू-१९ उमेर समूहको कप्तानी गरेका रोहित सन्दीप कप्तान हुँदा उपकप्तान थिए ।
यस्तै क्यानले आज नै नेपाली टिमको घोषणा गरेको छ ।
टोलीमा ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, भीम सार्की रहेका छन् । यस्तै कमल सिंह ऐरी, आदिल खान, अर्जुन साउद र गुल्सन झा, हरिशंकर साह पनि टोलीमा अटाएका छन् ।





