चुनावको मुखमा केपी ओली ठमेलको नाइट क्लबमा



काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार राति काठमाडौंको ठमेलस्थित नाइटक्लबमा पुगेका छन्। ‘एलओडी’ नाइटक्लबमा युवायुवतीहरूको ठूलो भिडभाड रहेको अवस्थामा मञ्चमा रातो ज्याकेटमा ओली एक्कासि देखा परेका थिए। केही सहयोगीहरूसहित ‘एलओडी’मा पुगेका हुन्।

ओली क्लबको स्टेजमा गएर सम्बोधन गर्नुका साथै हात हल्लाएर उपस्थितहरूलाई अभिवादन समेत गरेका थिए।

ओलीको उपस्थितिमा ‘ गाउँ गाउँमा ओली शहर सहरमा ओली’ नामको चुनावी र्‍याप गीत सार्वजनिक गरिएको छ। ओलीले फेसबुकमा सो विषयमा जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस्