चिनियाँ उपविदेशमन्त्री ली काठमाडौंमा



काठमाडौं। चिनियाँ उपविदेशमन्त्री ली चुन पाँच दिने नेपाल भ्रमणका लागि काठमाडौं आएका छन्। राष्ट्रिय सांस्कृतिक सम्पदा प्रशासनका निर्देशकसमेत रहेका संस्कृति तथा पर्यटन उपविदेशमन्त्री ली चुन गए राति नेपाल आएका हुन्।

चीनमा सीपीसीको २०औँ महाधिवेशनपछि बेइजिङबाट उच्च स्तरमा पहिलो भ्रमण भएको हो।

पाँच दिने भ्रमणका क्रममा ली ले २०७२ सालको भूकम्पपछि चिनियाँ सहयोगमा पुनर्निर्माण भइरहेका सम्पदाको निरीक्षण गर्नेछन्।

२०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएका वसन्तपुर दरबार क्षेत्रलगायतका सम्पदा चीन सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको छ। प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको मुखैमा भएको यो भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ। उनको भ्रमणको बारेमा नेपाल सरकारले औपचारिक रूपमा जानकारी गराएको छैन।

प्रतिक्रिया दिनुहोस्