
काठमाडौं । चीनका संस्कृति तथा पर्यटन उपमन्त्री ली क्युन शुक्रबार पाँच दिने नेपाल भ्रमणमा आउन लागेका छन् ।
लीको भ्रमणलाई प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदीले पुष्टि गरे । “चीनले नेपालको सम्पदा पुनर्निर्माणमा महत्वपूर्ण योगदान दिइरहेको छ । उहाँले सम्पदा क्षेत्रको भ्रमण गर्ने तालिका छ,” उनले भ्रमणबारे स्पष्ट पारे ।
उपमन्त्री लीले भूकम्पपछि चीनको सहयोगमा पुनर्निर्माण भएका सम्पदा निरीक्षण गर्नेछन् ।
नेपालमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनको नजिक हुन लागेको भ्रमणलाई कूटनीतिक क्षेत्रमा अर्थपूर्ण रूपमा हेरिएको छ ।





