गगन थापालाई थानकोट कटाउन डा. राजन भट्टराई समक्ष आग्रह गर्दै बूढानीलकण्ठ १ का स्थानीयवासी



काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. १ को घरदैलो कार्यक्रममा नेकपा एमालेबाट काठमाडौं क्षेत्र नं. ४ प्रतिनिधि सभा सदस्यका उम्मेद्वार बनेका डा. राजन भट्टराईलाई स्थानीयवासीले काँग्रेस महामन्त्री गगन थापाप्रति एमसीसीको रोष प्रकट गर्दै मंसिर ४ पछि थानकोट कटाउन आग्रह गरेका छन् ।

नेपाली काँग्रेसबाट काठमाडौं ४ कै प्रतिनिधि सभा सदस्यका उम्मेद्वार बनेका थापाले एमसीसी पारित गर्न संसदको रोष्टममा गरेको चर्का भाषण अझै आफ्नो मानसपटलमा गुञ्जिरहेको र राष्ट्रघाती एमसीसी विरुद्ध आम नागरिकको एकै धारणा रहेकोले आगामी मंसिर ४ मा डा. राजन भट्टराईलाई अत्याधिक मतले विजय गराई थापालाई काठमाडौंबाट विदा गर्न आफूहरु तम्तयार रहेको एक स्थानीयले बताए ।

बूढानीलकण्ठ १ वडा पार्टी कमिटीद्वारा आयोजित घरदैलो कार्यक्रममा डा. राजन भट्टराईसँगै जनताको घरदैलोमा पुगेका ४(२) प्रदेश सभा उम्मेद्वार जयराम थापालाई समेत स्थानीयहरुले न्यानो माया, साथ र उत्साह प्रदान गरेका छन् ।

घरदैलोमा काठमाडौं क्षेत्र नं. ४ बाट स्वतन्त्र उम्मेद्वारी फिर्ता लिई डा. राजन भट्टराईलाई समर्थन गर्दै एमालेको चुनावी अभियानमा जोडिएकी राधा पोख्रेल, नेकपा एमाले काठमाडौं क्षेत्र नं. ४ बाट समानुपातिक उम्मेद्वार बनेका विदुर कार्की, नेकपा एमाले बूढानीलकण्ठ सचिव एवम् पूर्व वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठ लगायत स्थानीय नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

फोटोमा बूनपा १ को घरदैलो कार्यक्रम :

प्रतिक्रिया दिनुहोस्