ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैंछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सुनचादीँको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा १३ सय रुपैयाँले बढेर कारोबार भइरहेको छ ।

गत कारोबार दिन ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजाबी सुन तोलामा ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आज चाँदी तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदी १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्