बाँकी जीवन आर्थिक समृद्धिका समर्पित : प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँकी जीवन आर्थिक समृद्धिका समर्पित गर्ने बताएका छन् ।

चुनावी प्रचार–प्रसारका क्रममा आज बिहान सिरानचोक गाउँपालिकाको जौबारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै परिवर्तनलाई संस्थागत गर्न आर्थिक क्रान्ति आवश्यक रहेको बताए।

“मेरो बाँकी जीवन विकास र समृद्धिका लागि खर्च गर्नेछु”, उनले भने, “राजनीतिक परिवर्तनलाई संस्थागत गर्नका लागि पनि अब आर्थिक क्रान्तिको सुरुआत गर्नु जरुरी छ।”

प्रतिक्रिया दिनुहोस्