सिपाडोलमा एमाले उम्मेद्वारलाई सडकभर स्वागतः विपक्षी दलहरु ट्वाँ (फोटोफिचर)



भक्तपुर । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको प्रचार प्रसारको क्रममा भक्तपुरमा एमालेको पक्षमा जनसागर पैदा भएको छ । सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोलमा एमाले भक्तपुर क्षेत्र नं. २ ‘क’ सूर्यविनायक प्रचार कमिटीले आज साँझ आयोजना गरेको घरदैलो कार्यक्रममा जनताको उत्साहले गठबन्धन दलहरुलाई कडा चुनौति दिएको छ ।

घरदैलो कार्यक्रममा उपस्थित जनताको उत्साहले एमालेका उम्मेद्वार अत्याधिक मतका साथ विजयी हुने देखिएको छ । सयौं जनताको सहभागितामा भएको घरदैलो कार्यक्रम सूर्यविनायक मन्दिरबाट शुरु भई गणेश माध्यमिक विद्यालयमा पुगी समापन भएको थियो । कार्यक्रममा सयौंको संख्यामा सडकभर जनताले स्वतस्फुर्त रुपमा एमालेका उम्मेदवारलाई स्वागत गरेका थिए । स्वागतका क्रममा उम्मेदवारलाई जनताले लगाई दिएको खादा तथा माला लगाउन समेत भ्याई नभ्याई रहेको थियो । घरघरमा मात्र नभई जनताले सडकमा लामबद्ध भएर एमालेका उम्मेद्वारलाई स्वागत गरेका थिए । स्वागतका क्रममा स्थानीयवासीले उम्मेदवारलाई गरेको स्वागतका फुलहरुले सडक समेत रंगिएको थियो ।

भक्तपुर क्षेत्र नं. २ मा एमालेको तर्फबाट पोलिटव्युरो सदस्य, पूर्वमन्त्री महेश बस्नेत प्रतिनिधिसभा र प्रदेशसभा ‘क’मा किरण थापा तथा ‘ख’मा चन्दनकृष्ण श्रेष्ठ उम्मेदवार रहेका छन् । घरदैलो एमालेका प्रदेश उम्मेदवार थापाको गृह वडा हो । जहाँ स्थानीय तहमा समेत एमालेलाई विजयी गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको वडा हो । जनताको उत्साहलाई हेर्दा उक्त वडामा जनताले गठबन्धनका दलहरुलाई समर्थन गर्ने जनता न्युनमात्रा मात्र रहेको बुझ्न सकिन्छ ।

स्वागत गर्ने क्रममा स्थानीय वृद्धवृद्धा तथा युवायुवतीले विगतमा एमालेको नेतृत्वमा भएको विकास र समृद्धिले नै अहिले जनता एमालेको पक्षमा उभिएको भन्दै आगामी दिनमा अझ बढी जनताको माग, चाहना र आवश्यकतालाई मध्यनजर गरी जनमुखी कार्य गर्न आग्रह गरेका थिए । १०१ वर्षिया वृद्धाले उम्मेद्वारलाई आर्शिवाद दिँदै विजयी भइसकेको तर घोषणा हुनलाई मात्र निर्वाचन पर्खनुपरेको बताईन् । आफुहरु वृद्धभत्ता दिने पार्टी एमालेको सूर्य चिन्हमा मतदान गर्न आतुर रहेको उल्लेख गर्दै एमालेका उम्मेदवारको विजय शुनिश्चित रहेको दावी गरिन् । वृद्धाले आफुले देख्ने गरी महेश बस्नेत र किरण थापा सडक बनाएको र अब सडक कालोपत्रे गरेको आफुलाई हेर्ने इच्छा व्यक्त गरिन् । उक्त क्रममा उम्मेदवार बस्नेत र थापाले आफुहरु विजयी भए पश्चात तत्काल उक्त सडक कालोपत्रे गर्ने र बुवाले देख्ने मात्र नभई प्रयोग गर्न नै पाउने विश्वास दिलाए।

घरदैलोमा जनताको उत्साहले गर्दा एमालेका उम्मेद्वारहरु विजयी भइसकेको जस्तै देखिन्थ्यिो । र्यालीमा जनताले ‘भक्तपुरका जनताले के भन्छन्, महेश किरण ले भन्छन्’, महेश बस्नेत वान्स मोर’, ‘नेकपा एमाले जिन्दावाद’, ‘राष्ट्रघातीलाई चोट, एमालेलाई भोट’, ‘आयो आयो, नेकपा एमाले आयो’, ‘सूर्यमा छाप झ्याप झ्याप’, लगायतका नाराहरु लगाएका थिए । विकास र समृद्धिमा महेश बस्नेतको नेतृत्वमा भएका आयोजनाहरुको वारेमा जनताले नाराका माध्यमबाट प्रस्तुत गरेका थिए भने विजय जुलुश जस्तै एमाले तथा महेश बस्नेत समर्थक गीतहरु गाउँदै सडकमा नै नाचगान समेत गरेका थिए ।

कार्यक्रममा एमाले बागमती प्रदेशका सदस्य शशी जंग थापा, राजेन्द्र राजथला, जिल्ला अध्यक्ष बचन देउजा, प्रतिनिधिसभाका समानुपातिक उम्मेदवार गोविन्द प्रसाद दुलाल, समानुपातीक उम्मेदवार सकुन्तला श्रेष्ठलगायतका नेता तथा कार्यकर्ताको साथमा स्थानीयवासीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्