भारतलाई पराजित गर्दै इंग्ल्याण्ड आईसी टी–२० विश्वकपको फाइनलमा



काठमाडौं । एलेक्स हेल्स र कप्तान जोस बटलरले शानदार ब्याटिङ गरेपछि भारतलाई १० विकेटले पराजित गर्दै इंग्ल्याण्ड अष्ट्रेलियामा भइरहेको आईसी टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

एडिलेडमा भएको दोस्रो सेमिफाइनलमा भारतले दिएको १६९ रनको लक्ष्य इंग्ल्याण्डले १६ ओभरमा बिना क्षती पूरा गरेको हो ।

भारत विरुद्ध हेल्स र बटरको विष्फोटक ब्याटिङ गर्दा भारतीय बलरहरु पिका देखिएका थिए । इंग्ल्याण्डका लागि हेल्सले ४७ बल खेल्दै ४ चौका र ७ छक्का मद्तमा अविजित ८६ रन बनाए ।

यस्तै बटलरले ४९ बल खेल्दै ९ चौका र ३ छक्का मद्दतमा अविजित ८० रन बनाए ।

प्रतिक्रिया दिनुहोस्