देशमा एमालेले विकासको लहर ल्यायो : अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले देशमा विकासको लहर ल्याएको दाबी गरेका छन् ।

झापाको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘एमालेले जहाँ टेक्यो त्यहाँ विकास भएको छ । हामीले त्यो कुरा घोषणापत्रमा सबै लेखेका छौँ । मुख्य(मुख्य सबै कुरा लेखेका छौँ । सबै समेट्न सकेका छैनौँ ।’

चुनावपछि आफ्नो नेतृत्वको सरकार बन्ने दाबी गर्दै ओलीले एमाले सरकारले गरेका अपूरा काम पूरा गर्न पनि सरकारमा आउनै पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्