गुल्मीमा नेकपा माओवादीका नेताहरु एमालेमा प्रवेश



रुपन्देही । गुल्मीमा नेकपा माओवादी केन्द्रका क्रियाशिल केही नेताहरु एमालेमा प्रवेश गरेका छन् ।

बुधबार गुल्मीको सदरमुकाम तम्घासस्थित नेकपा एमालेको पार्टी कार्यालयमा माओवादी केन्द्र गुल्मीका सदस्य तथा पूर्व धुर्कोट गाउँपालिका कार्यपालिका सदस्य कमला घर्ती, रेसुङ्गा नगर कमिटी सह(सचिव कमला परियार, सदस्य इन्दिरा मगर र पूर्व जनमुक्ति सेना तथा वाई.सि.एल जिल्ला सदस्य ज्ञानुराम खनाल एक कार्यक्रमका विच प्रवेश गरेको नेकपा एमाले जिल्ला कमिटी सदस्यले बताए ।

उनीहरुलाई नेकपा एमाले जिल्ला अध्यक्ष बालसिंह काउछाले पार्टीमा स्वागत गरेका हुन् । उनीहरुको आगमनले नेकपा एमालेको संगठमा थप उर्जा थपेको बताए ।

निर्वाचनमा नेकपा माओवादी केन्द्र विभिन्न दलसंग गठबन्धन गरी पार्टीलाई देशबाट नै विलय गर्ने खोजिएकाले कम्युनिष्ट शक्ति बलियो बनाउन एमालेमा प्रवेश गरेको कमला घर्तीले बताइन् । अहिले अपवित्र गठबन्धनबाट नेपाली जनताले मुक्ति नपाउने भएपछि विकल्प खोजिएको घर्तीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्