‘वान्स मोर महेश बस्नेत’ भन्दै गुण्डूका सवै जनता सडकमा (फोटोफिचर)



भक्तपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको संघारमा प्रचार प्रसार तिव्र बनिरहेको छ । यसै क्रममा नेकपा एमाले भक्तपुर क्षेत्र नं. २ ‘क’ निर्वाचन परिचालन कमिटीले आयोजना गरेको घरदैलो कार्यक्रम आज सूर्यविनायक नगरपालिका वडा नं. ७ मा सम्पन्न भएको छ ।

घरदैलो कार्यक्रममा स्वतस्फुर्त रुपमा वडा नं. ७ का हजारौं जनता सडकमा ओर्लिएका छन् । यो सँगै आगामी निर्वाचनमा गठबन्धनलाई ठूलो चुनौति देखिएको छ । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेतको गृहवडा गुण्डूमा आज भव्य रुपमा घरदैलो कार्यक्रम आयोजना गरिएको छ । काठमाडौँ वर्ल्ड स्कुलबाट शुुरु भएको घरदैलो कार्यक्रम नयाँ वसपार्कमा पुगी सम्पन्न भएको थियो । भक्तपुरको विकास र समृद्धिमा एमालेको विकल्प नभएको उल्लेख गर्दै सूर्यमा भन्दा अन्यमा छाप लगाउन हात नै नलाग्ने जनताले बताए । सूर्यमा भोट नदिनु भक्तपुरलाई अन्धकारको यात्रामा लैजानु भएको उल्लेख गर्दै स्थानीयवासीले आगामी दिनमा महेश बस्नेत भक्तपुरको जनप्रतिनिधिमात्र नभई मुलुक नेतृत्व गर्ने क्षमता भएको लिडर भन्दै गुण्डूमा एमालेको पक्षमा भोट हाल्न आतुर रहेको बताए । त्यस क्रममा बृद्धबृद्धाले आफ्नो मत नहिले पनि एमलोलाई भएको उल्लेख गर्दै भविष्यमा प्रधानमन्त्री भएको हेर्न पाउँ शुभकामना दिएका थिए ।

घरदैलो कार्यक्रममा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो । सामान्यतया कार्यकर्ताहरुद्वारा गरिने घरदैलो कार्यक्रम हुने गर्दछ । तर आज भने फरक रह्यो । घरदैलो कार्यक्रममा कार्यकर्ताको साथसाथै अधिकांश स्थानीयवासी सडमा उर्लिएका छन् । नेता भोट माग्दै जनताको घर घरमा पुगने परम्परा रहेता पनि गुण्डूमा भने जनताले विजय र्याली मनाएजस्तो गरी सडकमा उत्साहजन सहभागिता रहेको थियो । सडक भर फुल तथा अविरले रंगिएको थियो ।

र्यालीमा जनताले ‘भक्तपुरका जनताले के भन्छन्, महेश किरण ले भन्छन्’, महेश बस्नेत वान्स मोर’, ‘नेकपा एमाले जिन्दावाद’, ‘राष्ट्रघातीलाई चोट, एमालेलाई भोट’, ‘आयो आयो, नेकपा एमाले आयो’, ‘सूर्यमा छाप झ्याप झ्याप’, लगायतका नाराहरु लगाएका थिए । विकास र समृद्धिमा महेश बस्नेतको नेतृत्वमा भएका आयोजनाहरुको वारेमा जनताले नाराका माध्यमबाट प्रस्तुत गरेका थिए भने विजय जुलुश जस्तै एमाले तथा महेश बस्नेत समर्थक गीतहरु गाउँदै सडकमा नै नाचगान समेत गरेका थिए ।

कार्यक्रममा एमाले बागमती प्रदेशका सदस्य शशी जंग थापा, राजेन्द्र राजथला, जिल्ला अध्यक्ष बचन देउजा, एमाले सूर्यविनायक ‘क’ क्षेत्रका उम्मेदवार किरण थापा, समानुपातीक उम्मेदवार सकुन्तला श्रेष्ठलगायतका नेता तथा कार्यकर्ताको साथमा स्थानीयवासीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्