बूढानीलकण्ठ १३ का स्थानीयको घरघरमा पुग्दै डा. राजन भट्टराई र जयराम थापा



काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. १३ का स्थानीवासीको घरदैलोमा नेकपा एमालेबाट काठमाडौं क्षेत्र नं. ४ प्रतिनिधि सभा सदस्यका उम्मेद्वार डा. राजन भट्टराई र ४(२) प्रदेश सभाका उम्मेद्वार जयराम थापा जनताको घरदैलोमा पुग्ने भएका छन् ।

नेकपा एमाले नगर कमिटी सचिव तथा ४(२) प्रचार विभाग प्रमुख श्रीकृष्ण श्रेष्ठका अनुसार घरदैलो कार्यक्रम विहान ७ बजे बूनपा १३ को भद्रकाली मन्दिरबाट सुरु भई दिनभरी नै वडा केन्द्रित हुनेछ ।

बूढानीलकण्ठ अन्तर्गतका ८ वडामध्ये घरदैलो कार्यक्रममा डा. भट्टराई र थापाले संयुक्त रुपमा बूनपा ९,१०,११ र १२ सकिसकेका छन् ।

यो पनि पढ्नुहोस्

बूढानीलकण्ठमा डा. राजन भट्टराईको पक्षमा उर्लियो जनसागर (फोटोफिचर)

बूढानीलकण्ठ ११ मा नेकपा एमालेको घरदैलो (फोटोफिचर)

बूढानीलकण्ठ १२ को स्थानीयमाझ डा. राजन भट्टराई, दिए जितको अग्रिम शुभकामना (फोटोफिचर)

प्रतिक्रिया दिनुहोस्