बूढानीलकण्ठ १२ को स्थानीयमाझ डा. राजन भट्टराई, दिए जितको अग्रिम शुभकामना (फोटोफिचर)



काठमाडौं । बूढानीलकठ नगरपालिका वडा नं १२ का स्थानीयमाझ नेकपा एमालेबाट काठमाडौं क्षेत्र नं. ४ प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. राजन भट्टराई पुग्दा उनको पक्षमा व्यापक समर्थन र जनलहर देखिएको छ ।

बूनपा १२ पार्टी कमिटीद्वारा आयोजित घरदैलो कार्यक्रमको क्रममा स्थानीयको घर–घरमा पुग्ने क्रममा डा. राजन भट्टराई र ४(२) प्रदेस सभा सदस्यका उम्मेद्वार जयराम थापालाई स्थानीयहरुले अविर, फूलमाला र खादा लगाई न्यानो स्वागत गर्नुका साथै जितको अग्रिम शुभकामना दिएका छन् ।

बूढानीलकण्ठ नगरपालिकामा नै नेकपा एमालेको बलियो जनाधारको रुपमा परिचित १२ नं. वडामा सम्पन्न घरदैलो कार्यक्रममा निर्वाचन परिचालन कमिटीका सह–संयोजक उद्धव खरेल, केदारराज पुडासैनी, नेकपा एमाले क्षेत्र नं ४ का संयोजक विदुर विक्रम खड्का, सह–संयोजक रमा राई, नगर इञ्चार्ज लक्ष्मी संग्रौला, प्रदेश क्षेत्र २ का संयोजक राजन पोखरेल, नगर कमिटी सचिव श्रीकृष्ण श्रेष्ठ लगायत पार्टी नेता, कार्यकर्ताको सहित वडावासीको बाक्लो उपस्थिति रहेको वडा कमिटी अध्यक्ष शंकर भट्टराईले परिवर्तन खबरलाई बताए ।

फोटोमा बूढानीलकण्ठ १२ को घरदैलो :

प्रतिक्रिया दिनुहोस्