काठमाडौं क्षेत्र नं ३ मा माओवादी केन्द्रको दर्जनौं नेता तथा कार्यकर्ता नेकपा एमालेमा समाहित



काठमाडौं । नेकपा एमाले निर्वाचन परिचालन कमिटी क्षेत्र नं ३ ले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी केन्द्रका बागमती प्रदेश परिषद् सदस्य पेमाछिरी शेर्पा सहित ४९ कार्यकर्ता नेकपा एमालेमा समाहित भएका छन् ।

नेकपा एमाले काठमाडौं क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार कृष्ण राई र प्रदेश सभा ३(२)का उम्मेदवार रामेश्वर फुयाँलले नवप्रवेशीहरुलाई अबिर माला र खादा लगाई नेकपा एमालेमा प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश गर्नेमा नेकपा माओवादी केन्द्रका ३७, एकिकृत समाजवादीका ९ र जसपाका ३ गरी ४९ जना अगुवा कार्यकर्ता रहेका छन् । माओवादी केन्द्रबाट प्रवेश गर्ने पेमाछिरी शेर्पा गत स्थानीय तह निर्वाचनमा गोकर्णेश्वर नगरपालिकामा उपमेयरको उम्मेद्वार रहेका थिए ।

पार्टी प्रवेश कार्यक्रमको सहजीकरण नेकपा एमाले बागमती प्रदेश कमिटीका सह–ईञ्चार्ज धर्मदत्त देवकोटा, प्रदेश कमिटी सदस्य सीता ढकाल, पूर्व राजदूत लक्की शेर्पा, पार्टी नेता मुरारी भण्डारी लगायतले गरेका थिए ।

पार्टी प्रवेश गर्नेहरुको नामावली :

प्रतिक्रिया दिनुहोस्