
काठमाडौं । कालिकोटमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे १ छ ४४१२ नम्बरको जिप कालिकोटको तिलागुफा नगरपालिका खल्लागाडमा दुर्घटनामा परेको हो ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीका अनुसार एकजनाको घटनास्थलमै र अन्य दुईजनाको उपचारका क्रममा मृत्यु भएको हो ।
घटनास्थलमै मृत्यु हुनेमा मुगु गमगढीका २१ वर्षीय अकल बिक रहेका छन् । बाँकी दुईजनाको पहिचान हुन बाँकी रहेको अधिकारीले बताए । प्रशासनका अनुसार सातजना घाइते भएका छन् ।





