बूढानीलकण्ठ ११ मा नेकपा एमालेको घरदैलो (फोटोफिचर)



काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ मा काठमाडौं क्षेत्र नं. ४, नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्य उम्मेद्वार डा. राजन भट्टराई तथा प्रदेश सभा सदस्य उम्मेद्वार जयराम थापा जनताको घरदैलोमा पुगेका छन् ।

बूनपा ११ वडा पार्टी कमिटीद्वारा आयोजित घरदैलो कार्यक्रम विहान ७ बजे आकाशेधारा ह्याण्डबल ग्राउण्डबाट सुरु भई गणेश मन्दिर, जंगलादेवी, सगरमाथा चोक, आगमन टोल, विन्दवासिनी, अधिकारी मोड, लसुनटार, राम मन्दिर, कपन गुम्बा, प्रहरी तालिम गैह्री गाउँ, पौडेल टोल, जगडोल, लहरे घर, भञ्ज्याङ शहिद पार्क पुगी टुङ्गिएको थियो ।

दिउँसोको घरदैलो कार्यक्रम बूढाथोकी टोल, पैयाँटार यज्ञमती, पैयाँटार उकालो घुम्ती, शेर्पा चोक, गुरुङ टोल, दीक्षालय स्कूल, आनीगुम्बा–कञ्चनजंगा मार्ग, फूलबारी टोल कृष्णमन्दिरमा कोणसभा गरी टुङ्गिएको थियो ।

स्थानीय मतदाता तथा पार्टी कार्यकर्ताको बाक्लो उपस्थिति रहेको घरदैलो कार्यक्रममा नेकपा एमालेका उम्मेद्वारहरु डा. राजन भट्टराई र जयराम थापालाई ज्येष्ठ नागरिकले आशिर्वाद दिनुका साथै जितको अग्रिम शुभकामना व्यक्त गरेका थिए ।

फोटोमा बूनपा ११ को घरदैलो कार्यक्रम

प्रतिक्रिया दिनुहोस्