चुनाव हार्ने भएपछि जनप्रतिनिधिको हुर्मत लिन थाले गगन थापा



काठमाडौं । चुनाव हार्ने भएपछि आफूलाई भावी प्रधानमन्त्रीको स्वघोषित उम्मेद्वार बनाएका नेपाली काँग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्यका उम्मेद्वारी दिएका गगन थापाले सामाजिक संजाल फेसबुकमा विभिन्न पेजहरु बनाई नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको हुर्मत लिन थालेका छन् ।

नेपालभरीमै लोकप्रिय मत प्राप्त गरी बूढानीलकण्ठ नगरपालिका वडा नं. १० मा निर्वाचित वडाध्यक्ष नवराज भट्टराईलाई बदनाम गर्न श्रृंखलावद्ध भ्रामक भिडियोहरु सार्वजनिक गरी चरित्र हत्या गर्न खोजिएको देखिन्छ ।

भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा आफ्नो प्रतिद्वन्दी भन्दा झण्डै दोब्बर मतान्तरले निर्वाचित वडाध्यक्ष भट्टराई बूढानीलकण्ठ नगरपालिकाका सवैभन्दा युवा र लोकप्रिय वडाध्यक्ष समेत हुन् ।

काठमाडौं क्षेत्र नं. ४ मा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार डा. राजन भट्टराईको पहलमा निर्माण गरिएका भौतिक संरचनामा काँग्रेसले आफूले गरेको भन्दै दुष्प्रचार गरेपछि वडाध्यक्ष भट्टराई विरुद्ध गगन थापाको सचिवालयले छुट्टै मिडिया डेस्क बनाई जनप्रतिनिधि विरुद्ध भ्रामक समाचार प्रसारण गर्न थालेको छ ।

काँग्रेसकै महामन्त्री रहेका गगन थापाले जनतामा भ्रम सिर्जना गरेको भन्दै वडाध्यक्ष भट्टराईले बहसको लागि मैदानमा आउन थापालाई चुनौती समेत दिएका छन् ।

यो पनि पढ्नुहोस्

उपत्यकामै नेकपा एमालेको शान रहेको बूढानीलकण्ठ नगरपालिका : ‘म्यान अफ दी इलेक्सन’मा नवराज भट्टराई

बूढानीलकण्ठको नगर प्रवक्तामा नवराज भट्टराई चयन

बूढानीलकण्ठ १० मा नवराज भट्टराई नेतृत्वको टिम अत्याधिक मतले विजयी (मतपरिणामसहित)

प्रतिक्रिया दिनुहोस्