
काठमाडौं । सेयर बजार परिसूचक ६.४३ अंकले घटेर एक हजार ९५८.९४ विन्दुमा झरेको छ । आइतबार ४३ अंकभन्दा धेरैले बढेको नेप्से सोमबार भने घटेको हो ।
सोमबार निर्जीवन बीमा, उत्पादन, विकास बैंक र माइक्रोफाइनान्स समूहको सेयर उच्च अंकले घटेको छ । कारोबार रकम भने बढेको छ । दुई सय २४ वटा कम्पनीको ४९ लाख ४४ हजार कित्ता सेयर दुई अर्ब १० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै जाल्पा लघुवित्तको १५ करोड १६ लाख रुपैयाँको शेयर किनबेच भयो ।





