एमालेले एकल बहुमत ल्याउँछ : अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४ मंसिरको चुनावमा आफूहरुले एकल बहुमत ल्याउने बताएका छन् ।

मंगलबार पोखरामा आयोजित एमालेको कार्यक्रममा उनले कांग्रेस भन्दा धेरै ठूलो पार्टी बन्ने बताएका हुन् । ‘अहिले के–के नामको सर्भेमा एमालेलाई कांग्रेसको हाराहारीमा सिट ल्याउने देखाउन खोजिएको छ । कांग्रेसको जति भोट ल्याउँछ एमालेले भन्ने इम्प्रेसन पार्न खोजिएको छ’ ओलीले भने ।

एमालेले एकल बहुमत ल्याए पनि अहिले तालमेल गरेका दलहरुलाई सरकारमा सामेल गर्ने ओलीको भनाइ छ । ‘एकल बहुमत ल्याउँछ । एकल बहुमतको सरकार बनाउँछ । यसको अर्थ अर्कालाई सरकारमा सामेलै गराउँदैन भन्ने होइन, सामेल गरिन्छ । तर, फेरि पनि त्यो एमालेकै सरकार बन्छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्