काँग्रेसले विकासको काम गर्न सक्दैन : तुलसी चौधरी



काठमाडौं । नेकपा एमाले केन्द्रिय अनुशासन आयोगका सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ (२) बाट प्रदेशसभा सदस्यका उम्मेदवार तुलसी प्रसाद चौधरीले विकास निर्माणको सवालमा आफूहरु संवेदनशील भएको दाबी गरेका छन् ।

एमाले, राप्रपा र जसपाले बुटवल उपमहानगरपालिका–१४ स्थित बेलभरीयामा आयोजना गरेको कार्यक्रममा बोल्दै चौधरीले नेपाली कांग्रेसले के गर्छ भन्ने कुरा एकपटक कांग्रेसका नेतालाई सोध्न आग्रह गरे। उनले भने, ‘कांग्रेसको नेता हुन सजिलो छ, कांग्रेसका नेताहरुलाई विकास गर भन्नु पर्दैन, उहाँहरुबाट विकासका काम हुन सक्दैन।’

दीपक बोहरा रुपन्देहीको विकासको पर्यायवाची भएको उनको भनाइ छ। नेता चौधरीले रुपन्देहीको विकासको कुरा गर्दा दीपक बोहराको नाम जोडिने बताए। पाँच दलीय गठबन्धनले केही नपाएपछि नेता बोहरा बोल्न सक्नुहुन्न भनेर जनतामाझ भ्रम फैलाएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्