महानगरको घरदैलोमा डा. राजन भट्टराईसँग स्थानीयवासीको उत्साहजनक सहभागीता (फोटोफिचर)



काठमाडौं । नेकपा एमाले काठमाडौं महानगरपालिका वडा नं. ७ वडा कमिटीद्वारा आयोजित घरदैलो कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उम्मेद्वार डा. राजन भट्टराई र प्रदेश सभा ४(१) का उम्मेद्वार तेजप्रसाद ढकालसँग स्थानीयवासीले समेत उत्साहजनक सहभागीता जनाएका छन् ।

विहान ८ बजे गणेस्थानबाट सुरु गरिएको घरदैलो कार्यक्रम लामपोखरी, सिफलचौर, रातोपुल, गौशला सडक खण्ड, धावीखोला किनार, शहिद धर्मभक्त शालिक, गुरुङ टोल, पन्नाहिटी, कुटुबहाल, बुलबुले, पशुपति क्याम्पस र चावहिल बहाई आई टुङ्गिएको थियो ।

घरदैलोमा डा. राजन भट्टराईलाई काठमाडौं ७ का मतदाताहरुले पटक–पटक निर्वाचित सांसदले धोका दिएकाले यसपटक नयाँ उम्मेद्वारलाई मतदान गर्ने भन्दै खादा र अविर लगाई सम्मानसहित शुभकाना दिएको पार्टी शाखा अध्यक्ष दिपेन्द्र पुडासैनीले परिवर्तन खबरलाई बताए ।

फोटोमा कामपा ७ को घरदैलो :

प्रतिक्रिया दिनुहोस्