अन्यायमा परे काँग्रेसका युवा तथा आशालाग्दा यि नेताहरु



काठमाडौं । देशको बागडोर सम्हालीरहेको नेपाली काँग्रेसले पार्टीभित्रका आशालाग्दा अनुभवी तथा राष्ट्रवादी नेताहरुलाई पाखा लगाउँदा डा. मिनेन्द्र रिजाल, डा. गोविन्दराज पोखरेल, डा. स्वर्णिम वाग्ले, वासुदेव गौतम, अजयबाबु सिवाकोटी अन्यायमा परेका छन् ।

बौद्धिक र राष्ट्रवादी छवी बनाएका पूर्वमन्त्री डा. रिजाल नेपालले लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा जारी गर्दा भारतीय संचारमाध्यमसँग ठाडो सवालमा चोटिलो जवाफ दिएर देशभरी वाहवाही कमाएका व्यक्ति हुन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा बौद्धिक नेता डा. गोविन्दराज पोखरेल पनि नेपाली काँग्रसभित्र उच्च छवी भएका नेताका रुपमा चिनिन्छन् । आयोगमा उपाध्यक्ष नै रहँदा डा. स्वर्णिम वाग्लेले गरेको योगदानले उनको बौद्धिक छवी आम पार्टीहरुमा स्थापित रहेको देखिन्छ ।

समाजसेवा र व्यवसायमा स्थापित बासुदेव गौतम नेपाली काँग्रेस वृत्तमा काठमाडौं क्षेत्र नं. ४ भित्र सुपरिचित नाम हो । उनको समाजसेवी छवीका कारण हजारौं पार्टी कार्यकर्ता तथा मतदातालाई प्रत्यक्ष प्रभाव पार्ने उनले अघिल्ला निर्वाचनमा गगन थापालाई जिताउन मुख्य भूमिका निर्वाह गरेका थिए ।

पत्रकारितामार्फत चर्चित बनेका नेपाली काँग्रेसका केन्द्रिय सदस्य अजयबाबु सिवाकोटी पार्टीभित्र सम्भावना बोकेका युवा नेता हुन् ।

विवादरहित छवी बनाएका काग्रेसका इमान्दार नेताहरुले प्रादेशिक तथा संसदीय निर्वाचनमा टिकट नपाएपनि आफ्नो पार्टी र पार्टी उम्मेद्वारलाई जिताउन भने महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।

यो पनि पढ्नुहोस्

गगन थापालाई अर्को झड्का “नेता गगन थापाले पटक-पटक फोन गर्दा समेत वासुदेव दाईले फोन उठाउनु भएन”

प्रतिक्रिया दिनुहोस्