१४ सयले बढ्यो सुनको मूल्य



काठमाडौं । सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले वृद्धि भएको छ ।

महासंघकाअनुसार आज सुनको मूल्य छापावल प्रतितोला ९४ हजार ५ सय, तेजावी ९४ हजार र चाँदीको मूल्य १२ सय ७५ रुपैयाँ प्रतितोला तोकिएको छ ।

गत शुक्रबार छापावल सुनको मूल्य ९३ हजार एक सय, तेजावी सुनको मूल्य ९२ हजार ६ सय र चाँदीको मूल्य १२ सय २५ रुपैयाँ प्रतितोला कायम थियो । रासस

प्रतिक्रिया दिनुहोस्