बूढानीलकण्ठमा डा. राजन भट्टराईको पक्षमा उर्लियो जनसागर (फोटोफिचर)



काठमाडौं । काठमाडौं क्षेत्र नंं ४ मा नेकपा एमालेका प्रतिनिधि सभा उम्मेद्वार डा. राजन भट्टराई र प्रदेश सभा ४ (२) का उम्मेद्वार जयराम थापाको बूढानीलकण्ठमा भएको घरदैलो कार्यक्रममा जनसागर उर्लिएको छ ।

नेकपा एमाले बूनपा १० वडा कमिटीद्वारा आयोजित घरदैलो कार्यक्रम साप्रेढुङ्गाबाट सुरु भई राम मन्दिर, अधिकारी टोल, बालुवाखानी, आकाशेधारा, निलोपुल, शिव मन्दिर हुँदै नारायण चोक पुगेर टुङ्गिएको थियो ।

विहान ७ बजेदेखि शुरु भएको घरदैलो कार्यक्रममा स्थानीयले उम्मेद्वारहरुलाई अविर तथा खादा माला लगाउने, दही खुवाउने, आशिर्वाद दिदै जितको शुभकाना व्यक्त गरेका थिए ।

फोटोमा बूनपा १० को घरदैलो

प्रतिक्रिया दिनुहोस्