सांसद विकास कोषको हिसाब गर्दा डा. भट्टराईले पारेको बजेट ल्याउन १६६ वर्ष लाग्थ्यो (योजना र बजेटको सूची सहित)



काठमाडौं । काठमाडौं-४ नेपाली राजनीतिक वृतमा पटक पटक चिनिएको क्षेत्र हो। देशको वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर शेरबहादुर देउवाको निजि निवास मात्र होईन उपराष्ट्रपति नन्द किशोर पुन “पासाङ” को कार्यक्षेत्र समेत यहि हो।  

विगत ५ वर्षमा यस क्षेत्रको परिचान बदलिएको छ।  काठमाडौं-४ लाई स्थानीय मतदाताहरु अरवौँको बजेट पार्ने डा. राजन भट्टराई र भाषणबाज गगन थापाको क्षेत्रको रुपमा समेत चिन्न थालेका छन्।  काठमाडौं-४ मै हुर्किएका डा. राजन लामो समय यो क्षेत्रबाट टाढा रहेँ। भूमिगत राजनीतिक जीवन, विदेशको अध्ययन र पार्टी प्रवासको कामले डा. भट्टराईले आफूले दिनुपर्ने जत्ति समय यो क्षेत्रमा दिन सकेनन्। तर संविधान सभा सदस्य हुँदादेखि यो क्षेत्रमा नजिकबाट जोडिएका भट्टराई केपी शर्मा ओलीको प्रधानमन्त्रीत्वकालमा दुई पटक परराष्ट्र मामिला सल्लाहकार हुँदा गरेको कामले नै उनलाई विकासवादी नेताको परिचय बनाएको छ।  

सामान्यता सांसदको काम नीति निर्माण गर्ने भएपनि नेपाल जस्ता विकासशील देशहरुमा उनीहरुले आफ्नो क्षेत्रको विकासमा भूमिका निर्वाह समेत गर्नुपर्छ।
स्थानीय सरकारको बजेट थोरै हुने र जनताको विकासको अपेक्षा धेरै हुनाले पनि सांसदहरुले आफ्नो क्षेत्र विकासको लागि प्रदेश र संघीय सरकारमा पहल गर्नु कर्तव्य र दायित्व नै हुने गर्छ। अझ एमालेका अध्यक्ष केपी शर्मा ओली राजनीतिको मुल मियोमा आएपछि आफ्ना अभिव्यक्तिमा समेटेको विकासको एजेण्डाले गर्दा अहिले सबैजसो राजनीतिक दलहरुको प्राथमिकतामा विकास परेको देखिन्छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादी अडानमा सारथी बनेका डा. राजन भट्टराईले ओलीको ४१ महिने प्रधानमन्त्री कालमा आफ्नो ध्यान निर्वाचनताका गरेका प्रतिवद्दता पुरा गर्नमा केन्द्रित रह्यो। आफ्नो शक्ति र ज्ञानलाई काठमाडौं-४ को विकास निर्माणमा केन्द्रित गरेका भट्टराईको पहलमा नै यस क्षेत्रका सानादेखि ठूला विकास निर्माणका कामहरु सम्पन्न भएका छन् भने कतिपय योजनाहरु सम्पन्न हुने चरणमा पुगेका छन्।  

जनताको मतले राज्यको माथिल्लो निकायमा नपुगेका डा. भट्टराई आफ्नो व्यक्तिगत क्षमताको कारण प्रधानमन्त्रीको सल्लाहकार बन्न पुगे। यहि सम्पर्क र शक्तिको प्रयोग गरेर निकै छोटो समयमा डा. भट्टराईले आफ्नो निर्वाचन क्षेत्रमा ८ अर्व ३० करोड २३ लाखको बजेट पारे। सोहि समयमा नेपालको एउटा निर्वाचित सांसदले पाउने आफ्नो विकास कोष वार्षिक रु. ५ करोडलाई हिसाब गर्दा डा. भट्टराईले पारेको बजेट रकम पार्न अर्को सामान्य सांसदलाई  १६६ वर्ष लाग्ने थियो।

विकासवादी छवि बनाएका डा. राजन भट्टराईको पहलमा पारिएका योजनाहरुको वडागत परियोजना र बजेट:

प्रतिक्रिया दिनुहोस्