पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार



काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ।

समाचार पत्र द डनका अनुसार पञ्जाब प्रान्तमा बिहीबार भएको र्‍यालीका क्रममा अज्ञात बन्दुकधारीले गोली चलाएका हुन्। वाजिरावादको हो चौकमा खान चढेको कन्टेनरमा गोली हानेका हुन्।

इमरानको खुट्टामा गोली लागेको छ। अस्पताल भर्ना भएका उनको अवस्था खतरामुक्त छ।

गोली लागेर पाकिस्तान तेहरिक इन्साफका केही नेताहरू पनि घाइते भएका छन्।

बन्दुकधारीले स्वचालित हतियार चलाएका थिए। उनको दलका नेताहरूले आक्रमण इमरानको हत्या प्रयास भएको बताएका छन्।

प्रधानमन्त्री शेहबाज सरिफले घटनाको निन्दा गर्दै तत्काल छानबिन गर्न निर्देशन दिएका छन्।

समाचार संस्थाले एएफपीले खानका सहयोगीलाई उद्धृत गर्दै सुरक्षाकर्मीको कारबाहीमा बन्दुक चलाउने व्यक्ति मारिएको उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्