निर्वाचन सन्दर्भमा डा. दयाराम श्रेष्ठकाे अपिल !



निर्वाचनको सन्दर्भमा मेरो अपील
नमस्कार ज्वज्वलप्पा म डा. दयाराम श्रेष्ठ, लुभू म पूर्व कर्मचारी प्रशासक भएको भएपनि आज एक आम नागरिकको हैशियतले निर्वाचनको सन्दर्भमा मेरो अपीलको रुपमा केही आफ्ने केही अभिब्यक्तिहरु दिंदैछु आशा छ तपाईहरुलाई उपयोगी हुने नै छ ।
हाम्रो जीवन क्षणिक छ । यो क्षणभंगुर जीवनलाइ तपाईले सहि सदुपयोग गर्न सकेन भने हालका र भावी पुस्ताका ब्यक्तिहरुले तपाईलाई क्षणिक नभइ निमेषको लागि पनि सम्झन लायक थान्ने अवसर तपाइले प्राप्त गर्दैन । यो कुरा संसारका ज्ञानी महापुरूष सम्यक सम्बुध्द गौतम बुध्दले २५०० बर्ष अघि नै सिकाउनु भएको थियो कि आफुले गरेको सही कार्यको सहि परिणाम र गलत कार्यको गलत परिणाम सुनिश्चित छ । जुन हामीले प्रत्यक्ष रूपमा ब्यवहारमा देख्दै भोग्दै आइरहेका छौं ।
संसारका सवै वस्तु क्षणिक छन् । नाशवान छन् । परिवर्तनशील छन् । यो कुरा सवैले बुझ्न अत्यन्त जरूरी छ । हामीले लिने सूर्यको ताप क्षण क्षणमा नयाँ हुन्छ । एकछिन घाममा वसेर केही समय पछि पुनः घाममा वस्न गएमा त्यो पहिलाको घाम होइन नयाँ घाम हामीले ताप्छौं । त्यो घाम उही होइन । पहिलाको त्यो घाम नाश भइसक्यो । पछिको त्यो घाम नयाँ हो । एवं रितले हामीले प्रत्येक पलपलमा घाम तापि रहेका हुन्छौं । सूर्य उही हो तर उसले दिने घाम उही हुँदैन । दिने कुरो केवल नयाँ नै हो ।
त्यस्तै हामीले कुनै प्रयोजनको लागि पानी पानी प्रयोग गर्छौं । खोलामा वा धारामा गएर नुहाउछौं । पानी पिउछौं । फेरि नुहाउनु पर्यो र फेरि पिउनु पर्यो भने त्यही पानी कहिले प्रयोग गर्न सक्दैनौं । हामीले पहिला प्रयोग गरेको पानी बगिसकेको हुन्छ, नाशिसकेको हुन्छ । त्यसैले हामी समयसमयमा नयाँ पानी प्रयोग गर्छौं । सागर उही हो खोला उही हो धारा उही हो तर त्यसले दिने पानी उही हुँदैन । दिने कुरो केवल नयाँ नै हो ।

त्यो भन्दा पनि शुक्ष्म रुपमा विचार गर्ने हो भने हामीले प्रत्येक क्षणमा श्वास प्रश्वासको माध्यमबाट नयाँ हावा लिइरहेका हुन्छौं । त्यसलाई नाशगरिरहेका हुन्छौं । क्षण क्षणमा नयाँ हावा लिई रहेका हुन्छौं । प्राण धान्न प्राण वायु लिईरहेका हुन्छौं विकारयुक्त फोहर र दुर्गन्धित अपान वायु फ्यालिरहेका हुन्छौं । वायु मण्डल उही हो त्यसले हामीलाई दिने हावा उही हुँदैन । दिने कुरो केवल नयाँ नै हो ।

यति मात्र नभई हामी छहारीको लागि र शितलका लागि रूख मुनि आनन्दले बस्न जान्छौं । अनि काममा जान्छौं । थकाइ मार्न फेरि त्यो रुखको छहारीमा जान्छौं । रुख उही हो तर त्यसले दिने शितलता नयाँ हो । उही रुखले पनि बर्षै पिच्छे काँचुली फेरेको हुन्छ । त्यो रुखले पुराना काम नलाग्ने पात पतिंगर झार्दछ । अनि त्यसमा नयाँ पालुवा पलाउँछ । एवं रितले काम दिउञ्जेल हामी त्यसलाई प्रयोग गर्छौ काम दिन छोडेपछि त्यस रुखलाई ढाल्छौं अथवा धेरै बर्ष भएपछि त्यो रुख बुढो हुन्छ आफै पनि ढल्छ ।
त्यस्तै प्रकारले उही गाई भएपनि त्यसले दिने दुध उही नभई प्रत्येक साँझ विहान नयाँ दुध दिन्छन् ।

हामीले लगाउने लुगा मैलो भयो भने फुकालेर मैलो सफा गर्न त्यो लुगा धुन्छौं । अनि फेरि लगाउछौं । लगाउँदा लगाउँदा च्यतिन्छ अनि नयाँ लुगा सिलाएर लगाउछौं । मान्छेको जीवन शैलीमा परिवर्तन आएर हो कि कुन्नी आज भोली त दुइचार दिन लगाएर लुगा धुने काम पनि हुन छोड्यो । एक दिन लगाएको लुगा फेरि लगाउने बानी छोडिसक्यौं । एक पटक लगाएको लुगा पुनः लगाउनु परे धोएर मात्रै लगाउने भइसक्यो । हुँदा हुँदा कोही कोही त प्रत्येक पटक नयाँ लुगा लगाउनेहरु पनि छन् । एकपटक लगाएको लुगा फेरि नलगाउनेहरु पनि छन् । कोही जिन्दगी भर त्यही लुगा लगाउनेहर पनि छन् । कोही जिन्दगीभर लुगा नलगाउनेहरु पनि छन् ।

हामीले बाच्नको लागि दैनिक रुपमा खाने कुरा पनि त्यस्तै हुन् । भन्ने वेलामा त हामी भन्छौं उही दाल उही भात तर क्षणिक परिवर्तनशीलताको कारणले वास्तवमा हामी उही दाल र उही भात नखाएर अर्कै भात र अर्कै दाल खाइ रहेका हुन्छौं । अर्कै तरकारी खाइरहेको हुन्छौं ।

यो त केही उदाहरण मात्र हुन् । हाम्रा जीवन सँग सम्वन्धित हामीले उपभोग गर्ने सवै वस्तुहरु उही हुँदैन प्रत्येक निमेष, पल, क्षणको अन्तरालमा हामी नयाँ नै पाईरहेका हुन्छौं । यसले गर्दा हाम्रो जीवन सही मार्गमा हिडिरहेका हुन्छन् ।
यही कार्य ब्यवहार अनुसार हाम्रो देश नेपाल पनि सही बाटो र गन्तब्यमा हिडिरहेको भए यो देशलाई एशियाकै छिमेकी देश शिंगापुर, थाईल्याण्ड, चीन संग तुलनायोग्य गर्न सक्षम हुनसक्थ्यौं । यूरोप अमेरिकी देशहरु सँग तुलनायोग्य हुन सक्षम हुन्थ्यौं ।
तर विडम्बना हामी नेपाललाई भारत, बंगलादेश, यूथोपिया आदि देशहरु सँग तुलना गरेर गर्व गर्ने दुस्साहस गर्न समय खर्च गरिहेका हुन्छौं । हामी जस्ता छौं त्यस्तै हाम्रा नेता छन् । हाम्रा यही ब्यवहार राम्रो हुन नसकेको कारणले नै हामी जस्तै ब्यवहार भएका नेता हामीले मतदानको माध्यमबाट चुनेर पठाएका छौं । यो प्रक्रियाबाट हाम्रो जीवन शैलीमा सुधार नहुने निश्चित भईसक्यो भनेर विगतका हाम्रा ब्यवहारले पुष्टि गरिसक्यो ।

त्यसैले हामीले हाम्रो ब्यवहारमा सुधारौं जीवनशैलीमा सुधारौं अनि हामीले हाम्रो जीवनस्तरमा सुधार ल्याउछौं । अनि मात्र हामीले त्यस्तै खालको नेता छान्न सक्षम हुन्छौं । यसको लागि अब हामीले हाम्रो जीवन क्षणिक छ भनेर बुझ्नुपर्यो । हामीले प्रयोग गर्ने वस्तु पनि क्षणिक, नाशवान र परिवर्तनशील छ भनेर थाहापाउने प्रयास गरौं । जसले गर्दा हामीले सधैं तापिरहेको घाम पुरानो होइन नयाँ हो, प्रयोग गर्दै आईरहेको पानी पुरानो नभई नयाँ हो, खानेकुरा नयाँ हो, श्वास नयाँ हो, शीतलता नयाँ हो, लुगा नयाँ हो, दुध नयाँ हो भनेर अनुभव होस् महशुस होस् । जुन ब्यवहार जानेर भएपनि नजानेर भएपनि निमेषनिमेष, पलपल, क्षणक्षणमा हामीले गरिरहेकै हुन्छौं ।

मतदान भनेको आफ्नो मत वा अभिब्यक्तिको दान दिनु हो । एकचोत्ती दान दिई सकेपछि त्यो फर्किंदैन र फर्काउन मिल्दैन पनि । त्यसैले संवेदनशील भएर सोचेर सम्झेर मतदान दिनु आवश्यक छ । व्यक्ति परिवार समूह भन्दा पनि आम नेपाली र नेपाल देशको हितको खातिर ध्यानमा राखेर मतको दान दिनु अति आवश्यकछ । यस्तो अवसर पाँच बर्षको अवधिमा मात्र आउने हुनाले यदि हामीले उपयुक्त व्यक्ति छान्न सक्यौं भने देश र जनता अनि समाजलाई सही मार्गमा हिडाउन सकिन्छ । त्यस्तो भएन भने हामी पुनः अधोगति र दाश भएर हाम्रो जीवनयापन गर्न वाद्य हुने अवस्था श्रृजना हुन सक्दछ । त्यसैले सही नेतृत्वलाई मतदान गर्न आवश्यक छ ।

यति कुराको बोध भइसकेपछि हामीले दोषयुक्त नेतालाई छानेर हामीले उपयुक्त व्यवहार गरेको हुन्छ र ? बोली र ब्यवहार फरक गर्ने झुठ, ढाँट, गुण्डागर्दी, भ्रष्टहरुलाई साथ दिने, अनैतिक कार्य गर्नेलाई प्रोत्साहन दिनेलाई चुनावमा जिताउनु पर्ने नै किन ? जनताको बचतलाई, जनताले तिरेको करलाई दुरुपयोग गर्ने, विदेश पठाई दिन्छु भनेर नपठाईकन ठग्नेलाई, भूमाफियालाई, देश र जनताको मुक्तिको लागि संघर्ष गरेकाको रगतपशिनाको मूल्यलाई ब्यक्तिगत ढुकुटिमा लैजाने, करार अवधि उल्लंघन गरेर दुई बर्षको निर्माण कार्यलाई बीस बर्ष सम्ममा पनि सम्पन्न नगर्ने, आम सर्वसाधारणको लागि दिईने सेवालाई बेवास्ता गरि पैसा र पहुँचको आधारमा आफन्त, नातागोता र कार्यकर्ता तथा गुण्डाका नाईके अनैतिक रुपमा रहेका आफ्ना पृष्ठपोषक र संरक्षण गर्नेहरुलाई जिताउनु पर्ने भन्ने बाद्यता छ र ? निर्वाचन आयोगले पटक पटक स्पष्टिकरण सोध्ने बाध्यपार्ने नेतालाई मतदान गर्न उपयुक्त छ ? अदालतले दोष करार गरिसकेका दोषिको पक्षमा मतदान गर्न मिल्छ र ? हप्ता असुली गर्ने कुख्यात डनहरु, अपराधी, डाँकाहरु, चोर, फटाहाहरुलाई, शक्ति हातमा लिएर विगतका दिनहरुमा प्रयोग गरेर असफल भईसकेकाहरुलाई, शक्तिको दुरुपयोग गरेर बद्नाम कमाइसकेका नालायकहरुलाई भोट दिनु उपयुक्त छ ? विकल्प छैन भन्दैमा ती सबै क्षेत्रमा जनताको शोषक, भ्रष्टाचारी, बद्नामीहरु मध्येवाटै चुनिनु पर्ने भन्ने के छ र ? अहिलेको यो अवस्थामा तिनीहरुले गरेको सबै कर्तुतहरु पर्दाफास गरेर सबै आम मतदाताहरुलाई बुझाउनु जरुरी छ । त्यस्तालाई कसैले भोट नदिनु भन्ने आव्ह्वान गर्ने अधिकार आम सचेत नेपाली जनतालाई छ ।

राम्रो बिचार र राम्रो ब्यवहार गर्ने ब्यक्तिलाई कहिले पनि उमेरले छेक्दैन । जति उमेर बढी भएपनि जति बुढो र पुरानो उमेरको व्यक्ति भएपनि उसको विचार र ब्यवहार सही छ भने उ देश र जनताको लागि पनि सही र राम्रो नै हुन्छ । उ जति शुकै बढी उमेरको भएपनि अमेरिकी जनताले बाइडेनलाई योग्य सम्झेर जिताएको नै छ, नेल्सन मण्डेलालाई अफ्रिकी जनताले मात्र होइन संसारका सवै पिधिका ब्यक्तिहरुले आदर्श पुरुषको रुपमा हेरेकै छ । जति जोश र जाँगर भएको टिनेजरको भरखरको नवयुवा भएपनि नियत खराब, बिचार र ब्यवहार खराब छ भने उ देश र जनताको लागि अयोग्य नै हुन्छ । यदि उसको नियत सही र बिचार तथा ब्यवहार सकारात्मक छ भने बेलायत लगाएत अन्य विकसित मुलुकका जनताले कम र बढी उमेर भनेर भेदभाव नगरिकन शक्तिमा पु¥याएर देशको बागडोर सम्हाल्ने जिम्मा दिएकै छन् । त्यसैले मेले भनेका यी तथ्यहरुलाई मनन गरेर सही सोच, सही विचार र सही ब्यवहार भएको ब्यक्तिको पक्षमा मतदान गर्न अभिप्रेरित गर्ने उद्देश्यले प्रचार प्रसारमा लाग्न हुन आम नागरिक बालक, बृद्ध र युवा तथा पार्टिहरु, संघ संस्था एवं सरकारी र गैर सरकारी निकाय लगायत राष्ट्रिय अन्तराष्ट्रिय संघ संस्थाहरु सँग अपील गर्दछु । जय शिङ्गो नेपाल आमा जय नेपाली आमजनता । धन्यवाद नमस्कार ।
कृपया लाईक कमेन्ट गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।
सुनी हेरिदिनु भएकोमा हार्दिक धन्यवाद, शुभाय, नमस्कार ।

प्रतिक्रिया दिनुहोस्