काठमाडौं ४ मा विभिन्न पार्टी परित्याग गरी सयौं युवाहरु नेकपा एमालेमा प्रवेश



काठमाडौं । आगामी मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन नजिकिदै जादा काठमाडौं क्षेत्र नं. ४ बाट विभिन्न पार्टी परित्याग गरी सयौं युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्नेहरुलाई पार्टी स्थायी कमिटी सदस्य डा. राजन भट्टराई, पोलिटब्यूरो सदस्य धर्मदत्त देवकोटा प्रदेश सभा उम्मेद्वार जयराम थापाले अविर र खादा ओढाई पार्टी प्रवेश गराएका थिए ।

नेकपा एमाले बागमती प्रदेश सह–ईञ्चार्ज समेत रहेका देवकोटा, निर्वाचन परिचालन कमिटीका सह–संयोजक केदारराज पुडासैनी, प्रदेश कमिटी सदस्य सीता ढकाल, पार्टी नेता मुरारी भण्डारीले सहजीकरण गरी पार्टी प्रवेश गराएका थिए ।

युवा नेता दिनेश शाही, महेश राई र निरबुल श्रेष्ठको नेतृत्वमा युवाहरु नेकपा एमाले प्रवेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्