नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । तिहार पछिको तीन कारोबार दिनमा लगातार वृद्धि हुँदा करिब ८० अंकले बढेको नेप्से बिहीबार भने घटेर बन्द भएको छ ।

बिहीबार बजार परिसूचक नेप्से १६.१४ अंक(०.८३ प्रतिशत)ले गिरावट भएर १९२२.१६ अंकमा बन्द भएको हो । बिहीबार जीवन बीमा र निर्जीवन बीमा उपसूचकमा सामान्य वृद्धि भएपनि अन्य सबै उपसूचक घटेको छ । जीवन बीमा उपसूचक ०.०२ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.०१ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्