कांग्रेसका नेता-कार्यकर्तालाई एमाले प्रवेश अभियान चलाउनुपर्छ : पार्वत गुरुङ



दोलखा । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पार्वत गुरुङले दोलखामा माओवादी केन्द्रका उम्मेदवारलाई हँसियाहतौडामा भोट नहाल्ने कांग्रेसका लोकतन्त्रवादी नेता कार्यकर्तालाई एमाले प्रवेश गराउने अभियान चलाउनुपर्ने बताएका छन् ।

जिल्ला पार्टी कार्यालय, दोलखामा बिहीबार कांग्रेस गौरीशंकर गाउँपालिका सचिव अर्जुन ओली र साविक मार्वु गाविसको सिंगो गाउँ कमिटीलाई एमालेमा प्रवेश गराउँदै पूर्वमन्त्री गुरुङले दोलखामा एमालेको वर्चश्व रहेको कुरा पुनःस्थापित भएको बताए । यसले ४ मंसिरको निर्वाचनमा पार्टीको विजयलाई थप सुनिश्चित गरेको उनको दाबी थियो ।

‘दोलखामा धेरै इमान्दार लोकतन्त्रवादी, हिंसा नरुचाउने साथीहरू हुनुहुन्छ, उहाँहरू हँसिया हतौडामा भोट हाल्ने मनस्थितिमा हुनुहुन्न’, गुरुङले भने, ‘त्यस्ता साथीहरूलाई लोकतान्त्रिक पार्टी एमालेमै स्पेस र भविष्य छ, त्यसैले हामीले सबै गाउँ र वडाहरूमा कांग्रेसका नेता(कार्यकर्ता प्रवेश अभियान चलाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्