निर्वाचन नजिकिँदै : शीर्ष नेता आउने क्रम सुरु



काठमाडौं । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन नजिकिँदै जाँदा सुदूरपश्चिममा प्रमुख राजनीतिक दलका शीर्ष नेता आउने क्रम सुरु भएको छ । आफ्ना पार्टी एवं गठबन्धनका उम्मेदवार जिताउन चुनावीसभामा सहभागी हुन नेपाली कांग्रेस र नेकपा (एमाले)का शीर्ष नेतृत्व सुदूरपश्चिम आएका छन् ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेलधुरामा हुने चुनावी कार्यक्रममा सहभागी हुन बुधबार धनगढी पुगेका हुन् । सत्ता गठबन्धनबाट डडेल्धुराबाट प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका देउवाले आज डडेलधुरा सदरमुकाम खलङ्गा बसपार्कमा हुने चुनावी सभामा सहभागी हुने कार्यक्रम छ । देउवा डडेलधुराका आधा दर्जनभन्दा बढी स्थानमा चुनावी सभामा सहभागी भएर मत माग्ने र यही कात्तिक २० गते काठमाडौँं फर्किने कार्यक्रम रहेको नेपाली कांग्रेस डडेलधुराले जनाएको छ ।

विसं २०४८ देखि लगातार निर्वाचन जित्दै आएका देउवालाई आसन्न निर्वाचनमा नेपाली कांग्रेस (बिपी)बाट कर्णबहादुर मल्ल, जनता समाजवादी पार्टीबाट श्याम सिनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोविन्द खडायत, स्वतन्त्र उम्मेदवार विक्रम शाही र सागर ढकाललगायत छन् । नेकपा (माओवादी केन्द्र)को गतिलो साथ पाएका देउवालाई अन्य उम्मेदवारले निर्वाचन हराउन मुस्किल पर्ने आकलन गरिएको छ । सुदूरपश्चिममा सत्ता गठबन्धनले यहाँ नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले सिट बाँडफाँट गरेको छ ।

सोह« प्रतिनिधिसभा रहेको सुदूरपश्चिममा नेपाली कांग्रेसले नौ सिटमा सत्ता गठबन्धनबाट उम्मेदवार बनाएको छ भने माओवादी केन्द्रले चार र एकीकृत समाजवादीले तीन प्रतिनिधिसभा सिट बाँडफाँट गरेको छ । त्यसैगरी चुनावी सभामा सम्बोधन गर्न पूर्वप्रधानमन्त्री एवं नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा सुदूरपश्चिम आउने कार्यक्रम तय भएको छ । एमाले सुदूरपश्चिम प्रदेश कमिटिका सह–इन्चार्ज राजेन्द्रसिंह रावलले शुक्रबार दार्चुलाबाट अध्यक्ष ओलीको चुनावी अभियान सुरु हुने बताए । उनले शुक्रबार दार्चुला, बैतडी र कञ्चनपुरमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्