
काठमाडौं । साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । केही दिनदेखि बढिरहेको सुनको मूल्य बिहीबार तोलामा चार सय रुपैयाँले गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार दुई रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार सात सय रुपैयाँ कायम भएको छ।
यसअघि बुधबार छापावाल सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो। यस्तै, तेजाबी सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँमा किनबेच भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ।





