यस्तो छ जिवीको पञ्चवर्षीय योजना



ओखलढुंगा । ओखलढुंगा प्रदेशसभा ख का उम्मेदवार ज्ञानबहादुर खड्का(जिवी)ले आफ्नो पञ्चवर्षीय योजना तय गरेका छन् । नेकपा एमालेबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका खड्काले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि महत्वकांक्षी कार्ययोजना तय गरेका हुन् ।

मतदाताबीच चुनावी प्रचारअभियानका क्रममा घरदैलो गर्दै खड्काले ओखलढुंगाको निर्वाचन क्षेत्र ख विकासमा पछि परेको बताए । आफुले ५ वर्षमा यो क्षेत्रलाई विकासउन्मुख बनाउने योजना सुनाए । ‘पूर्वाधार विकासका सवालमा मोली देखि पोकली सम्म मेरो क्षेत्रका सबै वडाका मुख्यसडकहरु कालोपत्रे गर्ने, सबै वडामा एकघर एक धारा अभियान चलाएर खानेपानीको पहुँच पु¥याउने र निर्वाचन क्षेत्रका सबैठाउँमा केन्द्रीय विद्युत विस्तार गर्ने मेरो लक्ष्य हो । यो सँगै अन्य धेरैकामहरु गर्ने योजना छ ति योजनाहरु घोषणापत्रमा समेटिएर आउँछन् ।’ उनले भने, ‘पूर्वाधार विकासको अलवा, सामाजिक उत्तरदायित्वको सवाल र युवास्वरोजगारमा जोड दिनेछु । कृषि उद्यमशिलता र उद्योग व्यवसाय प्रवद्र्धनको योजना छ ।’ विकास निर्माणका सवालमा निर्वाचन क्षेत्र क मा निवर्तमान सांसद तथा पूर्वमन्त्री अम्बिरबाबु गुरुङले थुपै्र काम गरेको बताउँदै एउटा क्षेत्रमा अरबौंका योजना सञ्चालन हुनु र अर्को क्षेत्रमा पहल गर्ने जनप्रतिनिधि नहुँदा ओझेलमा पर्नु दुखद् भएको भन्दै निर्वाचन क्षेत्र क सहर नै ख क्षेत्रको विकास गर्ने उनले बताए ।

जिल्लाका संघ र प्रदेशका सबै सिटमा एमालेले विजयी हासिल गर्नसके विकासको खाका कोर्न सजिलो हुने उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्