नेकपा माओवादी केन्द्रले समेट्यो बैदेशिक रोजगारीबाट फर्केका युवाहरुको मागलाई प्रतिवद्धता पत्रमा



काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ को निर्वाचनलाई लक्षित गरी सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई एकीकृत गर्दै सामूहिक तथा निजी उद्यम स्थापना गर्न प्रोत्साहन गरिने जनाएको छ ।

सार्वजनिक प्रतिवद्धता पत्रमा आर्थिक विकासका लागि औद्योगिकीकरण शिर्षकको १० औं नंं. को बुँदामा नेकपा माओावदी केन्द्रले ‘वैदेशिक रोजगारीबाट फर्केका युवाहरुको संजाल निर्माण गरी उनीहरुलाई सामूहिक तथा निजी उद्यम स्थापना गर्न प्रोत्साहन गरिनेछ । त्यस्ता युवाहरुले उद्योग–व्यवसाय सञ्चालन गर्दा बिउ, पूँजी, ब्याज अनुदान, बिमा प्रिमियममा छुट तथा प्राविधिक सहयोगको प्रवन्ध गरिने जनाएको छ ।’

राष्ट्रिय युवा परिषद्द्वारा गठित बैदेशिक रोजगारीबाट फर्केका युवाहरुको संजालका अध्यक्ष सुवास ढकालले, ‘नेपालका प्रमुख दलहरुले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा वैदेशिक रोजगारीबाट फर्कैका युवाहरु व्यवस्थापन बारे कहीकतै सम्बोधन नभएपनि नेकपा माओवादी केन्द्रले आर्थिक विकासको सवालमा रिटर्नीहरुको मागलाई सम्बोधन गरेकोमा खुशी व्यक्त गरेका छन् ।’

नेकपा माओवादी केन्द्रद्वारा जारी प्रतिवद्धता पत्र :

प्रतिक्रिया दिनुहोस्