
काठमाडौं । सेयर बजार लगातार तेस्रो दिन पनि बढेको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से ७.३२ अंक (०.३८ प्रतिशत)ले वृद्धि भएर १९३८.३० अंकमा बन्द भएको छ । पछिल्लो तीन दिनमा नेप्से ७९.८१ अंकले बढेको हो ।
सोमबार १६ अंकले बढेको नेप्से मंगलबार ५६ अंकको उच्च वृद्धि भएको थियो । लगातार दुई दिन बढेको बजारमा लगानीकर्ताले नाफा बुक गर्न खोज्दा बुधबार उतारचढाब देखिए पनि अन्तिममा नेप्से सँगै कारोबार रकम पनि बढेर बन्द भएको छ ।





