रुपन्देहीमा विभिन्न पार्टी परित्याग गरी ५१ जना एमाले प्रवेश



रूपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका–५ बुद्धनगरमा विभिन्न पार्टी परित्याग गरेर ५१ जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।

कार्यक्रममा एमाले नेताहरूले नवप्रवेशीलाई स्वागत गरे । एमालेबाट रुपन्देही ५ का उम्मेदवार वासुदेव घिमिरेले मुलुकको विकास र समृद्धिको लागि नेकपा एमालेको विकल्प नभएको बताए । उनले आफ्नो क्षेत्रलाई विकासमा नमूना बनाउन स्पष्ट भिजन भएको दाबी गरे ।

प्रदेशसभा सदस्यका उम्मेदवार भूमिश्वर ढकालले सत्तामा भएर पनि एमालेसँग एकल चुनाव लड्ने आँट नभएकोले नेपाली कांग्रेसले धेरै पार्टी मिलाएर गठबन्धन गरेको चर्चा गरे ।

प्रतिक्रिया दिनुहोस्