डा. राजन भट्टराई : विकास, कुटनीति र देशभक्तिका त्रिवेणी



काठमाडौं । वामपन्थी विद्यार्थी संगठनको पृष्ठभूमिबाट पार्टी राजनीतिमा प्रवेश गरेका डा. भट्टराई नेकपा (एमाले)को तर्फबाट संविधानसभा सदस्य समेत हुन् । नेपालको राष्ट्रिय राजनीतिक वृत्तमा बौद्धिक नेताको छवि बनाएका डा.राजन भट्टराई मर्यादित, शालीन र भलाद्मी व्यक्तिका रुपमा परिचित छन् । नेकपा (एमाले) र नेकपा (एमाओवादी) बीचको एकता पश्चात् निर्माण भएको नेकपाको विघटन लगत्तै नेकपा (एमाले)को दशौं महाधिवेशनबाट स्थायी कमिटी सदस्य बनेका भट्टराईको नेपालको कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनमा अतुलनीय योगदान रहेको छ । नेपालको समकालीन कुटनीति क्षेत्रका विख्यात हस्तीका रुपमा स्थापित व्यक्तित्व भट्टराईले सदैव देशको हितमा आफूलाई लगाउने र हरेक कार्यहरुमा अब्बल प्रमाणित गर्दै आएका छन् । 

नेकपा (एमाले)को प्रधानमन्त्री केपी शर्मा ओलीको एकल सरकार र नेकपाकालीन ओली सरकारको दुई कार्यकाल परराष्ट्र मामिला सल्लाहाकार रहेका डा.भट्टराईले प्रधानमन्त्रीको सामिप्यमा रहेर देशको दलदलमा फसेंको कुटनीति क्षेत्रलाई पुर्नजिवन प्रदान गर्न महत्वपूर्ण भूमिका खेले । विगत सत्तरी वर्षभन्दा अघिदेखी भारतलाई सुम्पेको नेपाली भूमीलाई समेटेर चुच्चे नक्सा प्रकाशित गर्नेदेखि नेपाल–भारत  प्रबुद्ध व्यक्ति समुह (इपिजी)को सदस्यको रुपमा रहेर कार्य गरे । नेपाल भारतका बीचमा रहेका असमान सन्धी सम्झौताहरुको खारेजी गर्ने र दुई देशको बीचमा सम्बन्धको पुर्नपरिभाषा गर्दै नयाँ शीराबाट राष्ट्र–राष्ट्र बीच समान सम्बन्धको विकास गर्ने सन्दर्भमा उनको महत्वपूर्ण भूमिका रह्यो । नेपालको हितमा उक्त प्रतिवेदनले महत्वपूर्ण विषयहरुको सिफारिस गरेसँग भारतले बुझ्नै अस्वीकार गर्यो । निर्वाचनपश्चात् बन्ने नेकपा एमालेको सरकारले त्यो मुद्दालाई हल गर्ने बताउँछन् कुटनीतिज्ञ समेत रहेका काठमाडौं क्षेत्र नं. ४ को नेकपा (एमाले)का उम्मेदवार डा.राजन भट्टराई ।

वि.सं. २०७२ सालको भूकम्पबाट प्रभावित बनेको नेपालमाथि भारतले संविधानमा आफ्नो राजनीतिक अभिष्ठ प्रवेश गराउन नपाउँदाको प्रतिक्रिया स्वरुप अघोषित नाकाबन्दी गर्यो । तर ओली नेतृत्वको सरकारले मोदी सरकारको अमानवीय र नेपालप्रतिको हेपाह प्रवृत्तिलाई निष्फल बनाईदियो । भारतको उक्त कार्य भुपरिवेष्ठित मुलुकहरुको पारवाहन सुविधाका सम्बन्धमा विश्वव्यापी अधिकारको पक्षमा रहेको संयुक्त राष्ट्रघीय महासन्धीको विपरित थियो । भारतको उक्त कार्यलाई चुनौती दिँदै ओली सरकारले चीन र बंगलादेशसँग ऐतिहासिक पारवाहन सन्धी गर्यो । ओली सरकारको परराष्ट्र मामिला सल्लाहाकारका हिसाबले यी कार्यहरुमा डा.राजन भट्टराईको अतुलनीय योगदान रहेको छ । चीनसँगको पारवाहन सम्झौताको लागि भित्री तारतम्य उनै भट्टराईले मिलाएका थिए ।

नेपालमा विगतका सरकारहरुले वैयक्तिक, पारिवारिक एवं निश्चित झुण्ड र दलीय लाभका आधारमा विकास गरेको बद्नाम र कमजोर वैदेशिक सम्बन्धलाई नजिकबाट अध्ययन गरी नयाँ शिराबाट सम्बन्धको विकास गर्न मात्रै उनले सुझाएनन् । त्यसलाई बदल्नका निम्ति उनले महत्वपूर्ण भूमिका पनि निर्वाह गरे । उनकै अगुवाईमा ओली सरकारले नेपालको विग्रँदो कुटनीतिक छविलाई ईतिहासकै महत्वपूर्ण ढंगले सुदृढ गर्न सफल भयो। उनको नेतृत्वमा नयाँ देशहरुसँग नयाँ सम्बन्धको विकास र पुरानाहरुसँग सम्बन्धको नवीकरण मात्रै भएन की लगानीयोग्य विदेशी पुँजी भित्र्याउन र पर्यटनको विकासमा बदलाव ल्याउन महत्वपूर्ण योगदान पुग्यो ।

देशको विकासका निम्ति भिजीनरी नेतृत्व र जनताप्रति प्रतिबद्ध राजनीतिक दलको आवश्यक्ता देख्ने राजन भट्टराई विकासमा कहिल्यै राजनीति गर्नुहुन्न भन्ने दृष्टिकोण राख्छन् । विकासको नाममा ओठे राजनीतिक गर्नु वा अरुले गरेको विकासमा टेकेर राजनीतिक गर्नु र परिमाण देखिने गरी विकसका परियोजनाहरु एवं कार्यक्रमहरु संचालन गर्नु दुई फरक कुरा हुन् भन्ने डा.भट्टराईले आफ्नो निर्वाचन क्षेत्र नं. ४ को विकासमा महत्वपूर्ण योगदान दिएका छन् । तर उनले आफुले आफ्नो क्षेत्र र जनताको हितका निम्ति भित्र्याएका अरबौंका परियोजनाहरुको स्वामित्व र जस चाहिँ सधैं विकासका नाममा राजनीतिक गर्ने पेशेवर छट्टु पात्रहरुले लिने दुष्प्रयास गरेकोप्रति गम्भीर चिन्ता व्यक्त गर्छन् । राजनीतिक फाईदाका लागि मिडियाबाजी गर्न नरुचाउने अन्र्तमुखी स्वभावका भट्टराई जनताको सेवा गर्दा उच्च सन्तुष्टि प्राप्त हुने ठान्छन् । राजनीतिलाई उनी जनताप्रतिको कर्तव्य र सेवाको रुपमा लिन्छन् ।

नेपालको कुटनीतिक क्षेत्रमा डा.भट्टराईको जति योगदान देखिन्छ आफ्नो निर्वाचन क्षेत्रको विकासको सन्दर्भमा त्यत्ति नै भूमिका रहेको भेटिन्छ । उनको पहलमा करोडौंका विभिन्न पार्कहरु र खेलमैदानदेखि साँढे दुई अर्वको वृहत खानेपानी परियोजनासम्म संचालनमा रहेका छन् । आफ्नो क्षेत्रका जनताको समृद्धि र विकासमा सबैको समान पहुँच स्थापित गर्न उनी अहोरात्र लागिरहेका छन् । यद्यपि उनै डा. भट्टराईको पहलमा संचालन भएका विकास परियोजनाहरुलाई उनका प्रतिष्पर्धी गगन थापाले काम गर्ने कालु मकै खाने भालु भन्ने उखानलाई चरितार्थ गरी आफूले ल्याएको भनी भ्रम छरेको देख्दा दया लाग्ने गरेको बताउँछन उनी ।

नेपालको चुच्चे नक्सा प्रकाशन गर्ने र नेपाल चीन व्यापार तथा पारवाहन सन्धीका सुत्राधार रहेका डा.भट्टराई ईमान र सत्यले विगतको निर्वाचनमा पराजय भोगे पनि यसपटक जनताले न्याय गर्ने कुराप्रति उच्च विश्वास मात्रै गरेका छैनन्की आफ्नो क्षेत्रका शिक्षित नागरिकहरुप्रति पूर्ण भरोसा गरेका छन् । सत्यले हार्नुभन्दा पनि असत्यले जित्नु पीडादायि हुन्छ नै । आफू जनतालाई नहुने भ्रम नछर्ने, देखावटी चाटुकारिता प्रदर्शन नगर्ने र मिठो बोलेर देशलाई जुवाखालमा लगाउन नसक्ने भन्दै बाँचुञ्जेल देश र आफ्नो निर्वाचन क्षेत्रका जनताको विकासमा प्रतिबद्ध तथा नागरिकका अप्ठा्याराहरुप्रति मुकाबिला गरिरहने रहने प्रण गर्छन् । उनी यस पटकको निर्वाचनमा आफ्नो क्षेत्रमा गरेको विकास र देशका निम्ति कुटनीतिक क्षेत्रबाट पुर्याएको योगदानको उच्च कदर गर्दै जनताले विजयी गराउने कुराप्रति ढुक्क छन् ।

प्रतिक्रिया दिनुहोस्