पञ्चाङ्ग निर्णायक विकास समितिका लागि ७ जनाको दरबन्दी स्वीकृत



काठमाडौं । नेपाल सरकारले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका लागि सातजनाको दरबन्दी स्वीकृत गरेको छ । अर्थ मन्त्रालयको स्वीकृतिमा मन्त्रिपरिषदले समितिका लागि सातजनाको दरबन्दी कायम गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदले वि।सं २०७७ पुस २० गते समितिको गठन आदेश स्वीकृत गरेको थियो । गठन आदेश २०७८ साल साउन १८ गते नेपाल राजपत्रमा प्रकाशन भएपछि कार्यान्वयनमा आएका हो ।

गठन आदेश कार्यान्वयनका लागि समितिमा सातजनाको दरबन्दी स्वीकृत भएको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । जसअनुसार कार्यालय प्रमुखका रुपमा कार्यकारी निर्देशकले काम गर्ने उल्लेख छ । कार्यकारी निर्देशकले समितिको सदस्यसचिवका रुपमा समेत काम गर्ने व्यवस्था गठन आदेशमा छ ।

समितिमा पञ्चाङ्ग अधिकृत एक, वरिष्ठ कम्प्युटर सहायक (नायब सुब्बा) एक, प्रशासन सहायक (खरिदार) एक, लेखापाल (खरिदार) एक, कार्यालय सहयोगी र चालक एक÷एक गरी सातजनाको दरबन्दी कायम हुने भएको हो । गठन आदेशले तोकेका सबै काम गर्न यो जनशक्ति कम हुने भए पनि अहिलेलाई यही जनशक्तिले काम चलाउनुपर्ने भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्