
काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजारमा हरियाली छाएको छ । सोमबारबाट खुलेको सेयर बजार लगातार दोस्रो दिन पनि वृद्धि भएको छ ।
सोमबार १६ अंक माथिले वृद्धि भएको नेप्से मंगलबार ५६.११ अंक (२.९९ प्रतिशत) ले वृद्धि भएर १९३०.९९ अंकमा बन्द भएको छ । ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स ११.२८ अंकले वृद्धि भएर ३८२.१४ अंकमा बन्द भएको छ । बैंकहरुको निक्षेप वृद्धिसँगै तरलता सहज भएर ब्याजदर घट्ने अपेक्षा तथा सूचिकृत कम्पनीले लाभांश घोषणा गरिरहँदा नेप्से सुधारोन्मुख देखिएको हो । ३१ भदौपछि नेप्से १९०० अंक माथि पुगेर बन्द भएको हो ।





