नेता-कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशन : जनताको कुरा बुझौं



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको कुरा सुनेर जनतालाई बुझ्नु पर्ने बताएका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले जनताको कुरा सुनेर आफ्ना योजनाहरु बताउनुपर्ने उल्लेख गरेका छन् । चुनावी अभियानमा रहेका पार्टीका नेता–कार्यकर्तालाई उनले यस्तो निर्देशन दिएका हुन् ।

उनले लेखेका छन्, “यस अभियानमा हामीले जनताका कुरा सुन्ने र अझ युवाका कुरा सुन्ने गर्नुपर्छ, अनि हामीले अगाडि सारेका योजनाहरू बताउने गर्नुपर्छ,” ।

अध्यक्ष ओलीले चुनावी अभियानका रचनात्मक तस्बिरहरू आफूलाई फेसबुकमा पठाउन पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्