अध्यक्ष प्रचण्ड र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता



काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेका छन् ।

आज बिहान प्रचण्ड निवास पुगेर नवनियुक्त राजदूत थम्पसनले प्रचण्डलाई भेटेका हुन् । राजदूत थम्पसन र प्रचण्डबीच शिष्टाचार भेटवार्ता भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

भेटवार्तामा वर्षौदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकासका बारेमा छलफल भएको थियो।

भेटमा अध्यक्ष प्रचण्डले नेपालको विकासमा अमेरिका र अमेरिकी जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका सह्रानीय भएको बताएका थिए।

‘नेपाल र अमेरिकबीच वर्षौदेखिको मित्रता छ। तपाईंको कार्यकालमा यो सम्बन्ध अझै प्रगाढ रहने मैले विश्वास लिएको छु,’ उनले भने।

प्रचण्डले आफूहरु मुलुकको आर्थिक समृद्धिको अभियानमा रहेको बताउँदै यसमा अमेरिकाको सहयोग आवश्यक रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्